दफा २८
न्यायाधीश आफैंले गर्नु पर्ने काम
(१) न्यायाधीशले मुद्दामा बयान वा बकपत्र गराउने वा फैसला वा आदेशगर्ने काम आफैले गर्नु पर्नेछ ।
तर न्यायाधीशले फैसला वा आदेश टाइप वा लेखबद्ध गराउन र आफैंले प्रश्न गरी अदालतको कुनै कर्मचारीबाट बयान वा बकपत्र लेखबद्ध गराउन बाधा पर्ने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि जिल्ला न्यायाधीशको अनुपस्थितिमा जिल्ला अदालतको स्रेस्तेदारले बयान वा बकपत्र गराउन र पुर्पक्षको लागि अभियुक्तलाई थुना, जमानत वा तारिखमा राख्ने आदेश दिन सक्नेछ ।
(३) जिल्ला न्यायाधीशले आफू अदालतमा उपस्थित भएपछि उपदफा (२) बमोजिम गरेको आदेश उपर विचार गरी त्यस्तो आदेश कानून बमोजिम भएको नदेखिएमा कानून बमोजिम गर्नु गराउनु पर्नेछ ।